नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा जिल्ला अध्यक्षहरु मनोनय

धनगढी- नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सुदूरपश्चिम प्रदेश अन्तरगतका जिल्ला अध्यक्षहरु मनोनय गरिएको छ । कैलालीको धनगढीस्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा एक समारोह गरि नौ वटै जिल्लाका अध्यक्षहरुको मनोनयन गरिएको हो ।

Dadeldhura hospital

महासंघको कैलाली अध्यक्षमा गंगाबहादुर योन्जन, दार्चुला अध्यक्षमा विरेन्द्र सिंह बुढाथोकी, कञ्चनपुरमा कृष्णबहादुर तामाङ, डोटीमा विनोद पुन मगर, बैतडीमा सन्तोष राई, बाजुरामा चन्द्रबहादुर विष्ट, बझाङमा प्रेमबहादुर लामा, डडेल्धुरामा वसन्तदेवी थापामगर र अछाममा दमन घर्तीमगरलाई मनोनयन गरिएको नेपाली काँग्रेस कैलाली सचिव केशवराज मिश्रले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

चुरे गाउँपालिका उपाध्याक्ष नेपाल लोकतान्त्रिक आदिवासी कि केन्द्रिय सदस्य नेपाली काँग्रेसकी महासमिति सदस्य धना थापा मगरको अध्यक्षतामा पार्टीका प्रदेश सभापति वीरबहादुर बलायरको प्रमुख आतिथ्यमा कार्यक्रममा भएको थियो ।

समारोहमा प्रदेश महामान्त्री मेखराज खडका तथा यस महासंघका केन्द्रीय सभापति ओमबहादुर घर्तीमगर, कैलाली काँग्रेसका सचिब केशवराज मिश्र लगायतको सहभागितामा मनोनयन भएका अध्यक्षहरुलाई सपथ ग्रहण गराइएको थियो ।

 

Loading...