कैलाली प्रशासनद्वारा मिटर ब्याज पीडितलाई उजुरी दिन आग्रह

Dadeldhura hospital
धनगढी- मिटर ब्याज पीडितलाई उजुरी दिन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ। पीडितहरूलाई भोलि ९आइतबार० १७ गतेदेखि ३१ गतेसम्म उजुरी दिन प्रशासनले शुक्रवार सूचना निकालेर आग्रह गरेको हो।
कार्यालयको सहायता कक्षमा गई यही वैशाख १७ गतेबाट उजुरी दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। भए सम्मका सबुद प्रमाण संलग्न गरेर आवेदन दिन प्रशासन कार्यालयले आग्रह गरेको हो। जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको सहायता कक्षबाट निवेदन फारम निःशुल्क रूपमा उपलब्ध गराइने समेत उल्लेख गरिएको छ।
मिटर ब्याजका कारण धेरै जनाको बिचल्ली भएको गुनासो र घटना दोहोरिन थालेको छ । सोही विषयमा स्थानीय प्रशासनले ‘मिटर ब्याजको आर्थिक अपराधमा संलग्न अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन’ पीडितलाई छिटो उजुरी गर्न आह्वान गरेको हो ।
मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि परिस्थितिको लाभ उठाउँदै गरेको शोषणको शृङ्खलाले सयौँ परिवारको बिचल्ली भएका छन्।
Navadurga sun
Godawari sandesh
Loading...