कैलालीको घोडाघोडीस्थीत आमफाटा गाउँमा पसेको चितुवाको उद्धार

धनगढी- कैलालीको घोडाघोडीस्थीत आमफाटा गाउँमा पसेको चितुवाको उद्धार गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका-८ आमफाटा गाउँमा पसेको वयस्क चितुवाको चितुवाको सकुशल उद्धार गरिएको हो । डिभिजन वन कार्यालय पहलमानपुर र इलाका प्रहरी कार्यालय सुखडको टोलीले उक्त चितुवाको सकुशल उद्धार गरेको हो ।

बिहान गाउँमै घुमिरहेको अवस्थामा स्थानीयले चितुवालाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयहरूको हो हल्ला पछि चितुवा स्थानीयको शौचालय भित्र पसेको थियो । उद्धार गरिएको चितुवालाई डिभिजन वन कार्यालय पहलमानपुर राखिएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए । चितुवा देखिएको क्षेत्रका स्थानीय बासिन्दा त्रसित थिए ।

Navadurga sun

एक साता अघि पनि घोडाघोडी नगरपालिका-२ साडेपानिमा सेउला लिन जङ्गल गएका दुई आमाछोरी रुख चढेर चितुवाबाट बचेका थिए । जनकला शाही र छोरी भूमिका शाही सेउला सोहोर्न नजिकै रहेको चिडिया ताल सामुदायिक वनमा गएका थिए । दुई वटा चितुवा आफ्नो नजिकै आउँदै गरेको देखेपछि अत्तालिँदै जनकलाले १०० मा फोन लगाइन ।

इलाका प्रहरी कार्यालय सुखडको टोली खबर पाउना साथ तुरुन्तै जङ्गलमा पुगेका थिए । प्रहरी टोली साइरन बजाउँदै जङ्गल पुगेपछि चितुवा भागेको थियो ।

ADD Khali jpg
Loading...