

कञ्चनपुर- कञ्चनपुरमा पोखरीमा डुबेर बैतडीकी एक किशोरीको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर १ का हरिश टेरकी १४ वर्षीया छोरी बविता टेरको पोखरीमा डुबेर मृत्यु भएको हो । मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्यायनरत बविता परीक्षा दिएर विदामा कञ्चनपुर आएकी थिइन् ।



कञ्चनपुर प्रहरीका अनुसार जिल्लाको अमर बस्ती आएकी उनी पोखरीमा डुबेर घाइते भएकी हुन् । उनी पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर भएकी थिइन् ।


उनको धनगढीको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार हुँदै थियो । उपचारकै क्रममा शनिवार राति १० बजे उनको मृत्यु भएको हो ।





