

धनगढी- प्रथम रिया स्पोर्टस् कप डबल्स व्याटमिन्टन प्रतियोगितामा ओझा र मिश्रको जोडी विजयी भएको छ । रिया स्पोर्ट्स् हाउस धनगढीले बैशाख १ र २ मा आयोजना गरेको प्रतियोगितामा सिद्धराज जोशी र गणेश मिश्रको जोडी प्रथम भएको हो ।



त्यस्तै प्रतियोगितामा वीरेन्द्र बिष्ट र किरन बिष्टको जोडी दोस्रो भएको छ भने तेस्रो स्थान सुरेन्द्र कार्की र प्रकाश बिष्ट तथा राजेन्द्र शाह र तेजबहादुर थापाको जोडीले प्राप्त गरेका छन् । प्रथम, द्वितीय र तृतीय हुने जोडीलाई नगद, मेडल र ट्रफी प्रदान गरिएको छ ।


प्रथम, द्वितीय र तृतीय समूहलाई क्रमशः २५ हजार, १५ हजार र ५/५ हजार नगद मेडल र ट्रफी प्रदान गरिएको हो । दुई दिनसम्म चलेको प्रतियोगितामा धनगढी, अत्तरिया, टीकापुर, बेलौरी र हसुलियाका ६० समूहको सहभागिता रहेको आयोजक रिया स्पोर्टस् धनगढीका सञ्चालक प्रकाश सिंहले बताए ।