कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत कलाकारहरु सम्मानित

धनगढी– नेपाल विद्यार्थी संघ डोटी-कैलाली सम्पर्क समितिले कैलाली बहुमुखी क्याम्पसमा अध्ययरत कलाकारहरुलाई सम्मान गरेको छ । नेविसंघ डोटी कैलाली समितिले कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत नवउदाउदा कलाकार र त्रिभुवन विश्वविद्यालय टपरलाई मंगलबार सम्मान गरेको हो ।

Dadeldhura hospital

सम्पर्क समितिले आयोजना गरेको नव बर्ष २०८० को शुभकामना तथा चियापान कार्यक्रममा रिसान्त ओझा, गौरी ओझा, सन्तोस विक, बिबेक विसि र त्रिवि टपर धरनिधर भट्टलाई सम्मान गरिएको नेविसंघका नेता तेजजंग मल्लले बताए ।

Navadurga sun
Godawari sandesh

नेविसंघले रचनात्मक कामका साथै नव प्रतिभा र बौद्रिकताको सम्मानका साथै प्रोत्साहन पनि गर्नुपर्ने भावना अनुरुप आफुहरुले सम्मान गरिएको उनले बताए । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सचिव केशव मिश्रले विद्यार्थीहरुले आफ्नो क्षमता अभिवृद्धिमा जोड दिनु पर्ने बताए।

Loading...