

कञ्चनपुर– कञ्चनपुर जिल्लामा प्लास्टिकका झोला, पिलेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाइएको छ । सोमवारको जिल्ला सभाबाट कञ्चनपुरमा प्लास्टिकका झोला, पिलेट, गिलास र गुट्का बिक्रीमा रोक लगाउने निणर्य गरिएको हो ।



भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले समन्वय समितिको जिल्ला भेलाबाट प्लास्टिकजन्य बस्तु बिक्रीमा रोक लगाउने निणर्य भएको बताए । उनले भने, ‘जिल्ला समन्वयको जिल्ला सभाबाट सातवटा नगरपालिका र दुई गाउँपालिकामा एक महिना समय दिने, एक महिनापछि भने पूणर् बन्देज गर्ने भनेर हिजो पारित गरेका छौ ।’


नगर प्रमुख बोगटीका अनुसार जिल्लाका सबै स्थानीय तहमा प्लास्टिकका झोला, पिलेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाइएको हो । जिल्लामा ३० दिनपछि प्लास्टिक प्रयोगमा पूणर् रोक लगाइने बोगटीले बताए । कुनै पनि प्लास्टिकका झोला र गुट्खा जिल्लाभित्र बिक्रीवतरण गर्न नपाउने गरी निणर्य भएको बताइएको छ ।