प्रधानमन्त्री ओलीद्वारा कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास

कञ्चनपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिममा स्थापना हुने भनिएको बहुचर्चित दैजी छेला औद्योगिक क्षेत्रको सोमबार शिलान्यास गरेका छन् । नेपाली सेनाको हेलीकोप्टर मार्फत कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन् ।

Dadeldhura hospital

२०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिए उक्त औद्योगिक क्षेत्रको भौतिक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । नौ अर्ब लागतमा पाँच वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुने जनाईएको छ । प्रधानमन्त्रीले शिलान्यास गरेसँगै अब औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिने त्यहाँका स्थानीयले अपेक्षा गरेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले नौ सय बिघा जग्गा उपलब्ध गराएको भए पनि हाल चार सय बिघा जग्गामा भौतिक संरचना बन्नेछ ।

औद्योगिक क्षेत्रको डिपिआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी १ सय १७ वटा उद्योग स्थापना हुने छन् जसबाट ३० हजार बढीले रोजगार पाउने अपेक्षा गरिएको छ ।

Loading...