जिप दुर्घटना हुँदा ६ जना घाइते

बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइते हुनेहरूमा जिप चालक डोटीको जोरायल गाउँपालिका २ का बिष्णु भट्ट, बझाङ बुङ्गल नगरपालिकाकी हर्का देवी धामी, सचिन धामी , मैनादेवि बोहरा , लालीदेवि कार्की र धनसरा सिंह रहेका छन्।

Dadeldhura hospital

गएराति धनगढी बाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सुपप्र ०१–००१ च ३३८८ नम्बरको जिप पुर्चौडी नगरपालिका ७ सुइलेकमा दुर्घटनामा परेको हो।

Navadurga sun
Godawari sandesh

घाइतेहरुलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। जिप अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

Loading...