

धनगढी- कैलालीको धनगढीको रुवस होटेलमा फुलपातिको अवसर पारी बडा दशै तिहार, छठ पर्वको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ४१ जनाको महत्वपूर्ण उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।


कार्यक्रमको आयोजना राष्ट्रिय अपांग महासंघ सुदूरपश्चिम प्रदेशले गरेको थियो भने समन्वय कोशिश नेपाल र सहकार्य धनगढी लेडिज जेसिजको रहेको थियो । कार्यक्रमको लागि हल रुवस होटेलले उपलब्ध गराएको थियो ।


उक्त कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्य मन्त्री माननीय टेक बहादुर रैका रहनु भएको कार्यक्रममा बिशिस्ट अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति, संस्कृतविद डा. टि एन जोशी रहेका थिए ।


त्यस्तै अतिथिमा कैलाली बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख शिक्षाप्रेमी व्यक्ति शुरेन्द्र चन्द, धनगढी उपमहानगरपालिका वडा नं २ का अध्यक्ष धर्मराज ओझा, राष्ट्रिय अपांग महासंघ नेपालका नि.वर्तमान केन्द्रीय सदस्य रुपा राई, राष्ट्रिय अपांग महासंघ नेपाल सुुदूरपश्चिम प्रदेशका पुर्व अध्यक्ष भिम शाह, सदस्य दिलिप चौधरी, कमला ढकाल, जेसिज धनगढीका पुर्व र वर्तमान अध्यक्ष, धनगढी लेडिज जेसिजका पुर्व र बर्तमान अध्यक्ष तथा सदस्यहरु, कैलाली कञ्चनपुरका अपांगता अधिकारकर्मी साथिहरु, पत्रकार भवानी ऐर, बझाङका जगन नाथ, जयराज ओझा, हिमाल रोकाया, प्रेम बोहरा, प्रेम ठगुन्ना, ईन्द्र पाली, तिलक बडुवाल, अनिल मल्ल, कोशिसका खडक ओड, पशुपति खाती, जेसिजका पुर्व अध्यक्ष पदम सिह, एनएफडीएनका प्रदेश व्यवस्थापक प्रिया खडका, कार्यक्रम अधिकृत निता बिष्ट लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा शुभकामना आदानप्रदानको साथै अपाङ्गता सवाल प्रति केन्द्रीत रहेको थियो । कार्यक्रममा बोल्दै डा. टि एन जोशीले भने बन्दै गरेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानमा अपाङ्गतालाई अनिवार्य समावेश गरिनु पर्ने कुरामा विशेष जोड दिएका थिए । त्यस्तै राज्य मन्त्री रैकाले पनि उक्त समावेशीताका कुरालाई विशेष जोड दिएका छन् ।
पुर्व क्याम्पस प्रमुख शुरेन्द्र चन्दले पनि अपाङ्गता भएका व्यकिहरु पछिल्लो समय निकै सक्षम भएकोमा खुशि व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि, बिशिस्ट अतिथिहरुलाई एनएफडीएन सुदूरपश्चिम प्रदेश र धनगढी महिला जेसिजले मायाको चिनो हस्तान्तरण गरिएको थियो । कार्यक्रममा कोशिलले नास्ताको व्यवस्थापन, रुवस होटेलले निःशुल्क हलको व्यवस्थापन र ब्यानर र खादा एनएफडीएन सुदूरपश्चिम प्रदेशले गरेको थियो । समन्वय र सहकार्यका लागि कोसिस, धनगढी लेडिज जेसिज र रुवस होटेल लाई हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो । आगामि दिनहरुमा पनि यहाँहरुको समन्वय र सहकार्यमा यस्तै रचनात्मक कार्य गर्ने बताएका छन् । कार्यक्रम संचालन एनएफडीएनका प्रदेश सचिव नन्दराज भट्टले गर्नु भएको थियो ।