राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा ओली पुनःनियुक्त, शपथ भोलि (विज्ञप्ति सहित)

काठमाडौं, ३० बैशाख- राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने भएको छ । संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई राष्ट्रपतिले आज प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री ओलीको सपथ भोलि शुक्रबार अपरान्ह हुनेछ ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गरिएको थियो ।

Navadurga sun

तोकिएको सकयमा नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीका लागि कसैले पनि दावी पेश नगरेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने भएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...