

डोटी- नेपाल प्रहरी श्रीमती संघको ३८औँ वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले विभिन्न ठाउँमा वृक्षारोपण गरेको छ । वातावरणलाई स्वच्छ, सफा र हराभरा राख्नुका साथै नेपाल प्रहरी श्रीमती संघको ३८ औँ वार्षिकोत्सवको अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्द ठकुरीले बताए ।



सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल र प्रहरी प्रशिक्षण स्थल बुडमा गरी २ सय ४१ वटा विभिन्न जातका बोटबिरुवाहरू वृक्षारोपण गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।


प्रहरी नायब उपरीक्षक बोहराका अनुसार २ सय ६ वटा बोट बिरुवा दिपायल तालिम केन्द्र परिसरमा र ३५ वटा बोटबिरुवा बुडर प्रशिक्षण केन्द्र परिसरमा वृक्षारोपण गरिएको थियो । जसमा अम्बा, लप्सी, कल्की फुल, जामुन, लहरे पीपल र मसलेदार बोटबिरुवा रहेको उनले बताए ।
नेपाल प्रहरी श्रीमती संघको ३८औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कार्यक्रम अनुसार तालिम केन्द्रमा वृक्षारोपण गरिएको समेत सूचना अधिकारी बोहराले जानकारी दिए ।





