धनगढी १२ का वडाध्यक्ष महरा प्रहरीको नियन्त्रणमा

धनगढी- कैलालीको धनगढी उप-महानगरपालिकाका वडा नम्बर १२का वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपमहानगरपालिकाको वडा नम्बर १२ जुगेडाबाट वडा अध्यक्ष शेर बहादुर महरालाई पक्राउ गरीएको हो । जिल्ला प्रहरी कार्यलय कैलालीले नियन्त्रणमा लिई उनलाई जिल्ला अदालत कैलालीमा पेस गरेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

Dadeldhura hospital

चेक अनादर मुद्दामा कैलाली जिल्ला अदालतले वडा अध्यक्ष महरालाई अदालतमा उपस्थित गराउन भनेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

वडा अध्यक्ष महरालाई अदालतमा उपस्थित गराउन पत्र आएको र सोही पत्रका अधारमा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिएका छन्। कृष्णकुमार राना वादीले वडाध्यक्ष महराविरुद्ध मुद्दा दायर गरेका थिए।

No description available.

Loading...