बलात्कारपछि विभत्स हत्या भएका छोरीचेलीहरुको भुमिकालाई चित्रण गरिदै अत्तरियामा नाटक प्रदर्शन
सुदूरपश्चिम प्रदेशभित्र नाट्य घर स्थापनाका लागि अभियान चलाउने : नाट्क लेखक एवं निर्देशक पुष्पराज


अत्तरिया- कैलालीको अत्तरियामा अवस्थित एभरेष्ट एकेडेमीमा अध्ययनरत छात्रछात्राहरुले भुमिका नामक नाटक प्रदर्शन गरेका छन् । भुमिका नाटकमा छोरी भएर जन्मनु र छोरी भएकै कारण समाजमा भोग्नु परेका पिंडालाई चित्रण गरिएको छ ।





उक्त नाटकमा सुदूरपश्चिमकी चेली निर्मला पन्त, भागरथी भट्ट, माया विक लगायत जसको बलात्कारपछि विभत्स हत्या भए त्यस्तो छोरीचेलीहरुको भुमिकालाई चित्रण गर्न भुमिका नाटक निर्माण गरिएको हो । धनगढी र अत्तरियाका अधिकारकर्मीहरुको सहभागितामा सो नाटक अत्तरियामा प्रदर्शन गरिएको हो ।

एक हप्ताको छोटो समयमै तयार पारिएको नाटकले पिंडामा परेका छोरीचेलीको बाध्यात्मक परिस्थितिलाई उठाउने प्रयास गरेको छ । एभरेष्ट एकेडेमीको कक्षा कोठाभित्र प्रदर्शन गरिएको भुमिका नामक नाटक नाट्य कलाकार पुष्पराज अवस्थीको लेखन/निर्देशन र सुनिल पन्तको कोरियोग्राफिमा प्रदर्शन गरिएको थियो ।


छोरी भएर पाएको दुःख कति दर्दनाक छ, महिला अष्मितामाथिको प्रहार नाटकले छताछुल्ल पारिदिएको भन्दै समाज परिवर्तन र हाम्रो समाजभित्रको विकृतीलाई नाटकले उजागर गर्न खोजेको प्याव्सन गोदावरीका अध्यक्ष जगदिश थापाले बताए । भुमिका नाटकले छोरीहरुको भुमिका खोजिरहेको छ । समाजको यथार्थ चित्रण भुमिकामा प्रष्टै देख्न सकिन्छ । नाटकमा सहभागिताका लागि अर्थपुणर् सहभागिता मात्र जुटेको थिएन सहभागिहरुका करिव आधा घण्टाको नाटक हेरेर आँखा नै रसाउनुका साथै निकै भाभुक भएका थिए ।
सुदूरपश्चिम प्रदेशभित्र नाट्य घर स्थापनाका लागि अभियान चलाउने : नाट्क लेखक एवं निर्देशक पुष्पराज
प्रतिभाहरुको खोजी र नयाँनयाँ प्रतिभा जन्माउने माध्यम नै नाट्य घर भएकाले सुदूरपश्चिम प्रदेशभित्र नाट्य घर स्थापनाका लागि अभियान चलाउने तयारी भइरहेको नाट्य लेखक एवं निर्देशक पुष्पराज अवस्थीले बताए । यसका लागि अभियान नै चलाएर अघि बढ्ने तयारी पनि भइरहेको जानकारी गराएका हुन् । अन्य प्रदेशहरुमा नाट्य घर स्थापना भइसकेको अवस्थामा सुदूरपश्चिम प्रदेश मात्र अव पछाडी पर्नु हुन्न वा पारिनु हुन्न भन्ने उद्देश्यसहित छिट्टै यो अभियानमा जुट्ने नाट्य लेखक एवं निर्देशक अवस्थीले बताए ।

प्रदेशभित्र नाट्य घर स्थापनाका लागि आफुहरुले पनि सक्दो सहयोग र पहल गर्ने अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले बताए । अन्य प्रदेशमा नाट्य घर स्थापना भइसकेको अवस्थामा यहाँ मात्र नहुनु दुःखद भएको बताउँदै उनले यसका लागि व्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्न तयार रहेको बताए । एभरेष्ट एकेडेमीले आयोजना गरेको भुमिका नामक नाटक हेर्न उपस्थित सहभागिहरुले नाटक हेरिसकेपछि नाट्य घर स्थापनाको आवश्यकतालाई महसुस गरेका हुन् ।
सुदूरपश्चिमको भाषासंस्कृतिलाई उजागर गर्ने गरी यस्तो प्रकारको नाटकको आयोजना गरिएको एभरेष्ट एकेडेमीका प्राचार्य स्माइल चौधरीले बताए । छोरीहरुमाथि भइरहेको अन्याय अत्याचार विरुद्धको अभियानको रुपमा नाटक प्रदर्शन गरिएको उनले बताए ।



