



अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका उप प्राध्यापक मानबहादुर पालको निधन भएको छ । मस्तिष्क घात भई धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचाररत पालको बिहिबार साँझ उपचारकै क्रममा निधन भएको हो ।


पाललाई मस्तिष्कघात भएपछि असार २७ गते निसर्ग अस्पतालमा भर्ना गरिएको थियो । पालको ५० बर्षको उमेरमा निधन भएको हो । उनी बिगत १३ बर्षदेखि दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसमा अध्यापन गराउदै आएका थिए । उनी सुदुरपश्चिम विश्वविध्यालय प्राध्यापक संघको केन्द्रीय सदस्य समेत रहेका थिए ।





