मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

Navadurga sun

आज दिउँसो हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। तराईका भूभागमा भने आंशिक बदली रहने सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

रातिको समयमा देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाले मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...