कैलालीमा पानीको बोतलभित्र माकुरो भेटिएपछि उद्योगमाथि कारबाही

धनगढी– कैलालीमा प्रशोधित पानीको सिल प्याक बोतलमा माकुरा भेटिएपछि वाटर उद्योगमाथि कारबाही गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीले उक्त उद्योगमाथि कारबाही गरेको हो ।

खाद्य प्रविधि धनगढीका प्रमुख नवराज दाहालका अनुसार माकुरा भेटिएकोबारे इलाका प्रशासन कार्यालय टीकापुरमा उजुरी परेको थियो । सो उजुरीपछि त्यहाँको कार्यालयले माकुराबारे जिल्ला प्रशासन कार्यालय कैलालीलाई जानकारी गराएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यसपछि जिल्ला प्रशासन कार्यालय कैलालीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीलाई जानकारी दिएको थियो। सो जानकारी पाएलगत्तै माकुरा भेटिएको पानी उत्पादन गर्ने बर्दगोरिया १ बौनियामा रहेको आकाशगङा वाटर एण्ड बेभेरेज उद्योगको अनुगमन गरेर कारबाहीको प्रक्रिया अघि बढाइएको हो ।

प्रशोधित पानीको बोतलमा माकुरा पाईएको खबरपछि प्रशासन कार्यालयबाट प्राप्त निर्देशन बमोजिम खाद्य प्रविधिको टिमले सो उद्योगको स्थलगत अनुगमन गरेर हाललाई उत्पादन रोक्का गर्नेगरि कारबाही गरिएको दाहालले बताए ।

खाद्य निरीक्षक तथा खाद्य बिज्ञ टोलीबाट स्थलगत अनुगमनका क्रममा स्वच्छता मापदण्ड सम्बन्धी केहीँ सुधार गर्नुपर्ने देखिएकोले सुधार नभएसम्मका लागि उत्पादन रोक्का गरिएको बताइएको छ । त्यस्तै उक्त उद्योगलाई सुधारका लागि समय दिइएको र सुधार नगरे फेरि अनुगमन गरेर थप कारबाही गरिने जनाइएको छ ।

Loading...