धनगढीबाट डडेल्धुरा जाँदै गरेको स्कारपियोमा आगलागी

अत्तरिया, २१ असार– धनगढीबाट डडेल्धुरातर्फ जादै गरेको स्कारपीयोमा आगलागी भएको छ । मंगलबर बिहान सुदूरपश्चिम प्रदेश ०४००१ च ००५८ नम्बरको स्कारपियोमा आगलागी भएको हो ।

Dadeldhura hospital

भीमदत्त राजमार्ग अन्तरगत गन्यापधुरा गाउँपालिका वडा नं. १ हगुल्टेस्थित सडकमा उक्त गाडीमा आगलागी भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

स्कारपियोमा अचानक तार सर्ट भई पूणर्रुपमा जलेर नष्ट भएको हो । तर कुनै मानविय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । स्कारपियो डडेल्धुराका शान्ति जोशीको भएको बताइएको छ । साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Loading...