अत्तरिया बजार व्यवस्थापन समितिको १३ औं साधारणसभा समुद्घाटन कार्यक्रम सम्पन्न

अत्तरिया, १८ असार- कैलालीको अत्तरियामा रहेको अत्तरिया बजार व्यवस्थापन समितिले साधारणसभा सम्पन्न गरेका छ । अत्तरिया बजार व्यवस्थापन समितिले १३ औं साधारणसभा समुद्घाटन समारोह २०७९ सम्पन्न गरेको हो ।

बाजि कामी अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाका उप प्रमुख शारदा देवी रोकाया रहेका थिइन ।

Navadurga sun
Godawari sandesh

प्रमुख अतिथि रहनु भएकी उप प्रमुख रोकायाले व्यवसायहरूलाई कुन ठाउमा राख्ने भन्ने कुरामा कार्यापालिकाको बैठकमा छलफल गरी निकर्षमा पुग्ने उनले बताइन ।

शुभकामना मन्तव्य दिनु हुँदै जुलुस कुमारी निरौलाले नगरपालिकाले साना व्यापारीहरूलाई उचित व्यवस्था गरिनु पर्ने बताईन। उद्योग बाणिज्य संघ र अत्तरिया बजारले मिलेर साना व्यापारी लाई व्यवस्था गर्न लाग्नु पर्ने बताइन । हाम्रो बनेको घर किन र के कारणले भत्किन गयो आफुले बुझ्न नसकेको उनले बताईन ।

Dadeldhura hospital

अत्तरिया बजार व्यवस्थापन समितिले बिभिन्न माध्यमद्वारा साथ सहयोग गर्नुहुने श्रस्टाहरुलाई सम्मान पत्रद्वारा सम्मानित गरेको छ ।

उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै जनकल्याण बोडिङ्ग स्कुलका प्रिन्सिपल तथा प्रतिभा सामुदायिक पुस्तकालयका उपाध्यक्ष योगेन्द्र हमालले २०३४ साल कार्तिकमा महिनाको यो बजार व्यवस्थापन समितिले जो निणर्य गरेको थियो त्यो निणर्य अझ पनि पनि कार्यन्वयन हुन नसकेको र त्यो जहिको त्यही नै रहेको पाएको बताए । उनले सम्पूणर् व्यपारिहरु एकजुट भएर अगी बढ्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै बसन्त रोकायाले आफुले जन्माएको संस्था भएकाले यसलाई म व्यवस्थापन गरेर नै छाड्ने बताए । बसपार्कमा खोकाछाप्रा बनाएर व्यवस्थापन गरेर लग्ने कार्यक्रम तय भएपनि पछि के कारणले त्यो हुन नसकेको उनले बताए । यस क्षेत्रमा २० औं बर्षदेखी छापाछाप्रो गरेर बसेकाहरुलाई वास्तविक पहिचान गरेर लाग्नु पर्ने उनले बताए । जबसम्म बिकासका लागि सबैको एकजुट हुदैन तबसम्म बिकास नहुने समेत बताए ।

उक्त बजार व्यवस्थापन समितिले ३ बर्ष कार्यकालको लागि बन्द सत्रबाट समिति चयन गर्ने बताइएको छ । अहिले बन्दसत्र सुरु भएको छ ।

अत्तरिया बजार व्यवस्थापन समितिले १३ औं साधारणसभा समुद्घाटन समारोह २०७९ सम्पन्न कार्यक्रमको संचालन समितिका सचिव तेज बहादुर बोहराले गरेका थिए ।

Loading...