गोदावरी नगरपालिकाका नगर प्रमुख भट्टले गरे नगर भित्रका सामुदायीक विद्यालयका प्रअसँग छलफल

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले नगरका सबै विद्यालयका प्रधानाध्यापकहरु सँग छलफल गरेका छन । नगरमा रहेका ५४ वटा सामुदायीक विद्यालयका प्रधानाध्यापकहरुसँग नगरप्रमुख भट्टले छलफल गरेका हुन ।

नगरका सामुदायीक विद्यालयहरुको शिक्षालाई कसरी गुणस्तरिय बनाउन सकिन्छ भन्ने विषयमा सबै विद्यालयका प्रधानाध्यापकहरु सँग छलफल गरेको नगरप्रमुख भट्टले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

‘सामान्य रुपमा शिक्षाको गुणस्तर कसरी बढाउन सकिन्छ, उक्त कार्यका लागी नगरपालिकाले के सहयोग गर्न सकिन्छ लगायतका विषयमा मैले सबै सामुदायीक विद्यालयका प्रअहरु सँग भेटेको हु’ उनले भने, ‘अहिले निति निर्माण गर्ने समय पनि भएकाले छलफलबाट आएका सकारात्मक सुझावहरुलाई समेट्न सजिलो पनि हुन्छ ।’

उनले विद्यालयमा शिक्षाको गुणस्तरका लागी नगरपालिका जस्तो सुकै पहलकदमी गर्न पनि तयार रहेको बताए । यसका साथै विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागी पनि कस्तो कार्यहरु गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा पनि छलफल भएको उनले बताए ।

‘रिजल्ट ठुलो कुरा हैन, ज्ञान ठुलो कुरा हो, त्यसैले विद्यार्थीहरुलाई रिजल्ट बेसको आधारमा नभई ज्ञानबेसको आधारमा अध्यापन गराउँदा बढी प्रभावकारी हुन्छ’ उनले भने ‘ज्ञान भएको मानिसले जुन सुकै ठाउँमा पनि उपलब्धी हासिल गर्न सक्छ, रिजल्ट राम्रो भएर मात्रै हुदैन, ज्ञान अनिवार्य आवश्यक पर्छ, त्यसैले विद्यार्थीहरुलाई ज्ञान दिनका लागी नगरपालिकाले के गर्न सक्छ भन्ने विषयमा छलफलमा उठाएको हु ।’ उनले छलफलमा सहभागी प्रधानाध्यापकहरुबाट राम्रो प्रतिक्रिया पाएको बताए ।

Loading...