भारतबाट ल्याइएको मल सशस्त्रद्वारा बरामद

धनगढी, ८ असार– किसान मलका लागि तछाड मछाड भएकै बेला भन्सार छलेर भारतबाट ल्याइएको मल सशस्त्र प्रहरीले बरामद गरेको छ ।

Dadeldhura hospital

बीओपीबाट खटेको सशस्त्र प्रहरीको टोलीले भजनी नगरपालिका वडा नं. ५ पगियापसार दशगजा क्षेत्रबाट बुधबार १०४ बोरा रासायनिक मल बरामद गरेको हो ।

Navadurga sun
Godawari sandesh

उक्त बरामद गरिएको मल सत्ती भन्सारलाई बुझाइएको छ । रोपाइँको बेला भइसक्दा किसान मलको खोजीमा दौडधुपमै छन् । मल नहुँदा रोपाइँ गर्न समस्या भइरहेको छ । तर खेतीपातीका लागि किसानले मल ल्याउनलाई भने कडाइ नगरेको सशस्त्रको दाबी छ ।

Loading...