सरकार र थरुहटबीचको प्रथम चरणको वार्ता सकारात्मक, बिहीवार पुनः बस्ने

काठमाडौँ- सरकार र थरुहट संघर्ष समितिबीचको पहिलो चरणको वार्ता सम्पन्न भएको छ । गृह मन्त्रालयमा मंगलवार भएको वार्ता सकारात्मक भएको जनाएको छ ।

Dadeldhura hospital

गृह मन्त्रालयमा मंगलबार भएको पहिलो चरणको वार्तामा दुवै वार्ता टोलीबीच आ-आफ्नो धारणा राख्ने काम भएको गृहमन्त्रीका प्रेम संयोजक किरण भट्टराईले जानकारी दिए । भट्टका अनुसार मंगलबार भएको वार्ता बिहीवार पुनः बस्ने गरी सकारात्मक रुपमा टुङ्गिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

गृहमन्त्री थापाको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य छन् । थरुहटका तर्फबाट रुक्मिणि चौधरीको संयोजकत्वमा रहेको वार्ता टोलीमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी सहभागी छन् ।

आन्दोलनरत पक्षले टिकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायत माथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकालाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्नेसहितका १९ बुँदे माग राख्दै आएको छ ।

Loading...