भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेन्द्र शाहलाई गार्ड अफ अनर

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा प्रधानमन्त्री शाहलाई उक्त राजकीय सम्मान प्रदान गरिएको हो।

Navadurga sun

गार्ड अफ अनर समारोहअघि राष्ट्रपति भवन परिसरमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। प्रधानमन्त्री शाह गाडीबाट ओर्लिनेबित्तिकै मोदीले अङ्कमाल गर्दै उनलाई न्यानो स्वागत गरेका थिए।

नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा आयोजित उक्त समारोहलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सद्भावको सन्दर्भमा महत्त्वपूर्ण औपचारिक कार्यक्रमका रूपमा हेरिएको छ।

ADD Khali jpg
Loading...