पश्चिमी वायु र न्यून चापीय क्षेत्रको प्रभाव, पहाडी तथा हिमाली क्षेत्रमा बदली

काठमाडौं- हाल नेपालमा पश्चिमी वायु तथा भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले पश्चिमी क्षेत्रमा तथा न्यून चापीय क्षेत्रको प्रभावले पूर्वी क्षेत्रमा मौसममा आंशिक बदली भएको छ। हाल कोशी प्रदेशलगायत देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

Navadurga sun

आज दिउँसो मधेस र कोशी प्रदेशका साथै गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराई भूभागका साथै मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।

त्यसैगरी आज राति देशका हिमाली क्षेत्र, कोशी प्रदेशको तराई भूभाग र मधेस प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। ती प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।

ADD Khali jpg
Loading...