अत्तरिया- कैलालीको गेटामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले करार सेवामा नियुक्तिका लागि १३ वटा पदमा १५१ जना चिकित्सक तथा स्वास्थ्यकर्मी छनोट गरेको छ।




विश्वविद्यालयले गत भदौ २६ गते करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी छनोटसम्बन्धी सूचना प्रकाशित गर्दै खुला प्रतियोगितामार्फत पदपूर्तिको प्रक्रिया अघि बढाएको थियो।





करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी छनोट समितिको सिफारिस र उम्मेदवारको योग्यताक्रमका आधारमा सफल उम्मेदवारको नतिजा सार्वजनिक गरिएको विश्वविद्यालयले जनाएको छ।
छनोट भएकामध्ये सबैभन्दा बढी ९० जना स्टाफ नर्स रहेका छन्। त्यसैगरी १० जना फर्मेसी सहायक, १० जना प्रयोगशाला प्राविधिक, १० जना नर्सिङ अधिकृत र ६ जना रेडियोग्राफर छनोट भएका छन्।


यसैगरी चार जना डेन्टल सर्जन, तीन जना प्रयोगशाला प्रविधिज्ञ, दुई जना फिजियोथेरापी सहायक, दुई जना फिजियोथेरापी अधिकृत र दुई जना फर्मेसी अधिकृत छनोट भएका छन्।
त्यस्तै, एक जना बायोमेडिकल इन्जिनियर र एक जना मेडिकल अधिकृत पनि छनोट भएका छन्।
विश्वविद्यालयले सफल उम्मेदवारलाई आगामी मंसिर ११ गतेभित्र केन्द्रीय प्रशासन कार्यालयमा सम्पर्क गरी नियुक्तिपत्र बुझ्न सूचित गरेको छ।
करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी छनोट भएसँगै गेटास्थित विश्वविद्यालयको स्वास्थ्य सेवा सञ्चालन तथा जनशक्ति व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नतिजा हेर्न यहाँ क्लीक गर्नेहोस




