अत्तरिया- कैलालीको गोदावरीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।






गोदावरी नगरपालिका–६ लालपुरबाट बिशेष सूचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन ३ ग्राम ३४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय प्रकाश चोखाल र १९ वर्षीय अविषेक चौधरी पक्राउ परेका हुन्।





दुबै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शनिबार साँझ चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




