सुदूरपश्चिम रोयल्स पहिलोपटक एनपीएल च्याम्पियन, लुम्बिनी १० विकेटले पराजित

काठमाडौं- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको च्याम्पियन बनेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि जितेको हो।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्‍यो। सुदूरपश्चिमको ऐतिहासिक जितमा आक्रामक ब्याटर जर्ज मुन्सी नायक बने। उनले विस्फोटक ब्याटिङ गर्दै १२५ रनको अविजित शतकीय पारी खेले।

Navadurga sun

सुदूरपश्चिमले तेस्रो प्रयासमा एनपीएलको उपाधि जित्न सफल भएको हो। पहिलो सिजनको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो सिजनमा पनि उपाधिबाट वञ्चित बनेको थियो। उक्त सिजनमा लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई ६ विकेटले हराएको थियो।

यसपटक भने सुदूरपश्चिमले फाइनलमै लुम्बिनीलाई पराजित गर्दै अघिल्लो सिजनको हारको बदला लिन सफल भएको छ।

उपाधिसँगै सुदूरपश्चिमले नगद १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेता लुम्बिनी लायन्सले ८० लाख रुपैयाँ पाउँदा तेस्रो भएको चितवन राइनोजले ४० लाख र चौथो स्थान हासिल गरेको काठमाडौं गोर्खाजले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

यस जितसँगै सुदूरपश्चिम रोयल्सले नेपाली क्रिकेटमा आफ्नो नाम ऐतिहासिक रूपमा स्थापित गरेको छ।

ADD Khali jpg
Loading...