अत्तरियामा स्वास्थ्य युवा महोत्सव सुरु, विशेषज्ञबाट स्वास्थ्य परामर्श दिइने

अत्तरिया- कैलालीको अत्तरियामा बुधबारदेखि ‘स्वास्थ्य युवा महोत्सव’ सुरु भएको छ। समृद्ध सुदूरपश्चिम अभियान र नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्सको सहकार्यमा महोत्सव आयोजना गरिएको हो।

कैलालीको अत्तरियामा बुधबारदेखि स्वास्थ्य युवा महोत्सव सुरु भएको छ। समृद्ध सुदूरपश्चिम अभियान र नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा आयोजित महोत्सवमा लागुऔषध दुर्व्यसन, बाँझोपन, हर्मोन गडबडी तथा मानसिक तनावलगायत विषयमा विशेषज्ञबाट दैनिक परामर्श दिइनेछ। मुख्यमन्त्री खगराज भट्टले उद्घाटन गरेको महोत्सव मंसिर ६ गतेसम्म सञ्चालन हुनेछ।

Navadurga sun

महोत्सवमा लागुऔषध दुर्व्यसन, बाँझोपन, हर्मोनको गडबडी तथा विभिन्न मानसिक तनावलगायत स्वास्थ्यसम्बन्धी समस्याका विषयमा विशेषज्ञ चिकित्सक तथा परामर्शदाताबाट दैनिक परामर्श सेवा प्रदान गरिने आयोजकले जनाएको छ।

कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रमोद अधिकारीको अध्यक्षतामा आयोजित महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गरेका हुन्।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य रमेश प्रसाईं, प्रदेशसभा सदस्य खेमा विष्ट, नगर प्रवक्ता गोपालदत्त भट्टलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको विशिष्ट आतिथ्यता तथा उपस्थिति रहेको थियो।

बुधबारदेखि सुरु भएको महोत्सव मंसिर ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवले युवाहरूमा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै विभिन्न स्वास्थ्य समस्याबारे विशेषज्ञसँग प्रत्यक्ष परामर्श लिने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
Loading...