स्थानीय परिकार र पर्यटन प्रवर्द्धन गर्न धनगढीमा फुड फेस्टिभल

धनगढी- धनगढीमा तीनदिने खाना उत्सव (फुड फेस्टिभल) आयोजना हुने भएको छ। धनगढी उपमहानगरपालिका र होटल व्यवसायी संघ कैलालीको सहकार्यमा फुड फेस्टिभल सञ्चालन गर्न लागिएको हो।

फुड फेस्टिभल आयोजना गर्ने सम्बन्धमा धनगढी उपमहानगरपालिका र होटल व्यवसायी संघ कैलालीबीच सम्झौता भएको छ। सम्झौताअनुसार उपमहानगरपालिकाले फेस्टिभल सञ्चालनका लागि होटल व्यवसायी संघ कैलालीलाई १० लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।

Navadurga sun

तीन दिनसम्म सञ्चालन हुने फुड फेस्टिभलको मिति, समय र स्थान दुवै पक्षको आपसी समन्वयमा निर्धारण गरिने जनाइएको छ।

धनगढीका स्थानीय खानाका परिकारको पहिचान र प्रवर्द्धन गर्नुका साथै होटल तथा पर्यटन व्यवसायको विकास गर्ने उद्देश्यले फुड फेस्टिभल आयोजना गर्न लागिएको हो।

सम्झौताअनुसार फेस्टिभलको व्यवस्थापनका लागि उपमहानगरपालिकाले आवश्यक समन्वय, सहजीकरण तथा अनुगमन गर्नेछ। फेस्टिभलले स्थानीय परिकारको प्रचारप्रसार, पर्यटन प्रवर्द्धन र होटल व्यवसायको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
Loading...