कैलालीमा खैरो हेरोइनजस्तो पदार्थसहित तीन जना पक्राउ

कैलाली- कैलालीको टीकापुरबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–१ एकतानगरस्थित सुरेश विश्वकर्माको घरबाट प्रहरीले ४४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको हो।

Navadurga sun

मंगलबार राति लागूऔषध सेवन भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा घरधनी २५ वर्षीय सुरेश विश्वकर्मा, सोही ठाउँका २६ वर्षीय विशाल बिक र २२ वर्षीय वीरेन्द्र बिक रहेका छन्।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
Loading...