अत्तरिया- कैलालीको अत्तरियामा आगामी मंसिर २ गतेदेखि ६ गतेसम्म आयोजना हुन लागेको स्वास्थ्य युवा महोत्सवको स्थान तय गरिएको छ। महोत्सव गोदावरी नगरपालिका–२, तेघरीस्थित पार्टनर प्यालेसमा आयोजना हुने आयोजकले जनाएको छ।






समृद्ध सुदूरपश्चिम अभियान र नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्सको सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो।





महोत्सवमा समाजका सबै वर्गको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले टोल तथा वडामा रहेका एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा किशोरकिशोरीहरूलाई कार्यक्रममा सहभागी गराउन आवश्यक पहल गरिदिन आयोजकले आग्रह गरेको छ।
यसका लागि जनप्रतिनिधि, कर्मचारी तथा सम्बन्धित सबै सरोकारवालालाई सहयोग र समन्वय गरिदिन नेपाल चेम्बर अफ कमर्सले अनुरोध गरेको छ।




