किसान बहुउद्देशीय सहकारीद्वारा ६० परिवारलाई खाद्यान्न सहयोग

अत्तरिया- २०५२ साल कार्तिक १७ गते स्थापना भएको किसान बहुउद्देशीय सहकारी संस्था लिमिटेडको गेटा शाखा कार्यालयले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसरमा खाद्यान्न सहयोग वितरण गरेको छ।

संस्थाले धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली गाउँका करिब ६० जनालाई खाद्यान्न सहयोग गरेको हो। सहकारीको गेटा सेवा केन्द्रअन्तर्गत पर्ने कैलाली गाउँका लाभग्राहीलाई करिब ७ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग वितरण गरिएको जनाइएको छ।

Navadurga sun

कार्यक्रमबारे जानकारी दिँदै गेटा शाखा प्रमुख रोशन भण्डारीले किसान बहुउद्देशीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरूलाई समय–समयमा विभिन्न सहयोग गर्दै आएको बताए। सोही सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै वार्षिकोत्सवको अवसरमा खाद्यान्न वितरण कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए।

खाद्यान्न वितरण कार्यक्रममा गेटा शाखा प्रमुख रोशन भण्डारी, रामसमझ चौधरी, अनु चौधरीलगायतको उपस्थिति रहेको थियो।

सहकारीले आफ्नो वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्दै खाद्यान्न सहयोग वितरण गरेको हो।

ADD Khali jpg
Loading...