धनगढीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी- धनगढीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१६ भादास्थित गणेश सामुदायिक वनमा घर पोत्नका लागि माटो लिन गएकी स्थानीय ३९ वर्षीया कविता देवी चौधरीको ढिस्कोले पुरिएर मृत्यु भएको हो।

Navadurga sun

सोमबार साँझ करिब ५ बजे माटो खन्ने क्रममा एक्कासि ढिस्को खस्दा उनी पुरिएर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि नवजीवन अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

ADD Khali jpg
Loading...