किसान बहुउद्देश्यीय सहकारीको ३१औँ वार्षिकोत्सवमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

अत्तरिया- किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका धनगढी तथा मोतीचोक शाखाले संस्थाको ३१औँ वार्षिकोत्सवको सुखद अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रम धनगढीलाई खाद्यान्न तथा सरसफाइ सामग्री सहयोग गरेको छ।

संस्थाले आफ्नो वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्दै आश्रममा आश्रित असहाय, बेसहारा तथा आवश्यकतामा रहेका व्यक्तिहरूका लागि खाद्यान्न सामग्री उपलब्ध गराएको हो। सहयोगस्वरूप चामल, दाल, नुन, तेल, तरकारीलगायत खाद्यान्न तथा विभिन्न सरसफाइ सामग्री हस्तान्तरण गरिएको छ।

Navadurga sun

उक्त सहयोगले आश्रममा आश्रित व्यक्तिहरूको दैनिक जीवनयापनमा केही राहत पुग्ने विश्वास संस्थाले लिएको छ। हाल मानव सेवा आश्रम धनगढीमा करिब ६५ जना बेसहारा व्यक्तिहरूले आश्रय लिइरहेको जानकारी कार्यक्रममा दिइएको थियो।

सामग्री हस्तान्तरण कार्यक्रममा मानव सेवा आश्रम कैलालीका जिल्ला संयोजक लोकेन्द्र शाह, कर्मचारी स्पिकर शाही, सीता लामा तथा आश्रममा आश्रित पाहुनाहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी किसान बहुउद्देश्यीय सहकारी संस्थाका चौमाला इलाका प्रमुख बमबहादुर बडवाल, सिजापति उत्तरबेहडी शाखाका प्रमुख चक्रप्रसाद भण्डारी, मोतीचोक शाखाका प्रमुख भरतबहादुर बिष्ट तथा कर्मचारी भूपेन्द्र रावल र आशिष शाहीको सहभागिता रहेको थियो।

यस अवसरमा संस्थाका कर्मचारीहरूले सामाजिक सेवा, मानवीय सहयोग तथा समुदायप्रतिको उत्तरदायित्वलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

ADD Khali jpg
Loading...