धनगढीमा अनियन्त्रित विङ्गर दुई पसलमा ठोक्कियो, एक जना घाइते

धनगढी- कैलालीको धनगढीमा अनियन्त्रित भएको विङ्गर दुई पसलमा ठोक्किँदा एक जना घाइते भएका छन्। सोमबार बिहान करिब ९ः४० बजे धनगढी उपमहानगरपालिका–४ बोराडाँडीस्थित ६ लेन सडकखण्डमा दुर्घटना भएको हो।

जानकी गाउँपालिका–७ निवासी ३२ वर्षीय राजु चौधरीले चलाएको सुपप्र ०१–००१ ज १४४३ नम्बरको विङ्गर बोराडाँडी चोकमा रहेका किराना पसल र सोभा सुज एण्ड त्रिपाल पसलमा ठोक्किएको प्रहरीले जनाएको छ।

Navadurga sun

दुर्घटनामा सोभा सुज एण्ड त्रिपाल पसलका सञ्चालक ४९ वर्षीय रमेश हिताङ घाइते भएका छन्। उनको कम्मरमा चोट लागेको र उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाबाट शिवबहादुर बमले सञ्चालन गरेको किराना पसल र रमेश हिताङले सञ्चालन गरेको सुज एण्ड त्रिपाल पसलमा क्षति पुगेको छ।

दुर्घटनामा संलग्न विङ्गर घटनास्थलमै रहेको छ भने चालक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
Loading...