कृष्णपुर नगरपालिकामा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाभित्रका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने भएको छ।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअनुसार नगरपालिकाले ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्न लागेको हो।

Navadurga sun

नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले तोकेको केन्द्रमा उपस्थित गराई सेवा लिन अभिभावकलाई अनुरोध गरेको छ।

नगरपालिकाका अनुसार कार्यक्रम यही २०८३ साल कात्तिक १७ र १८ गते सञ्चालन हुनेछ। बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले तोकेको केन्द्रमा लगेर भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन सकिनेछ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि सम्बन्धित वडाको स्वास्थ्य संस्था तथा नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकासँग सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ।

नगरपालिकाले बालबालिकाको स्वास्थ्य तथा पोषण सुधार गर्ने उद्देश्यले सञ्चालन हुने यस राष्ट्रिय अभियानमा आफ्ना बालबालिकालाई सहभागी गराउन सम्पूर्ण अभिभावकलाई अनुरोध गरेको छ।

ADD Khali jpg
Loading...