भन्सार छलीका २ लाख ४७ हजारका कपडासहित तीन जना पक्राउ

धनगढी- कैलालीमा भन्सार छली गरी भारतबाट ल्याइएका करिब २ लाख ४७ हजार रुपैयाँ मूल्यका कपडासहित तीन जना पक्राउ परेका छन्।

जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियाँ चोकस्थित भजनी जाने सडकखण्डमा शंकास्पद रूपमा जाँच गर्ने क्रममा प्रहरीले कपडासहित अटो र त्यसमा सवार तीन जनालाई नियन्त्रणमा लिएको हो ।

Navadurga sun

प्रहरीका अनुसार जानकी गाउँपालिका–५ बस्ने ३५ वर्षीय विपत राम चौधरीले चलाएको सुपप्र ००१ ह ४२५३ नम्बरको अटोमा भारतबाट भन्सार छली गरी ल्याइएका साना–ठूला सर्ट फेला परेका थिए ।

बरामद कपडाको अनुमानित मूल्य २ लाख ४७ हजार १७५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । अटो चालक चौधरीसहित अटोमा सवार टीकापुर नगरपालिका–१ का ३८ वर्षीय रामबहादुर टमाटा र ४९ वर्षीय प्रकाश कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय सडकपुर, बौनियाँबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरेपछि थप कारबाहीका लागि सत्ती भन्सार कार्यालय, कैलालीमा पठाएको जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...