सुदूरपश्चिमका शैक्षिक व्यक्तित्व डा. गिरीराज कडायतले हासिल गरे पीएचडी

अत्तरिया- सुदूरपश्चिमका शैक्षिक व्यक्तित्व तथा अर्थविद् डा. गिरीराज कडायतले अर्थशास्त्र विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन्।

अत्तरिया निवासी कडायतले भारतको महात्मा ज्योतिबा फुले रोहिलखण्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका हुन्।

Navadurga sun

कैलालीको अत्तरिया निवासी कडायतले भारतको उत्तर प्रदेशस्थित महात्मा ज्योतिबा फुले रोहिलखण्ड विश्वविद्यालय (MJPRU) बाट अर्थशास्त्र विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेका हुन्।

उक्त विश्वविद्यालयले भारतको राष्ट्रिय मूल्यांकन तथा प्रत्यायन परिषद् (NAAC) बाट प्रतिष्ठित A++ स्तरको मान्यता प्राप्त गरेको छ।

डा. कडायत दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख तथा लोटस आई अंग्रेजी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन्। लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएका उनले शैक्षिक विकास तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका छन्।

शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप उनी राष्ट्रिय शिक्षा पुरस्कारबाट समेत सम्मानित भइसकेका छन्।

अर्थशास्त्र विषयमा विद्यावारिधि उपाधि हासिल गरेसँगै डा. कडायतको शैक्षिक उपलब्धिले सुदूरपश्चिम क्षेत्रको शैक्षिक क्षेत्रमा थप उत्साह र प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...