आजको मौसम : हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं- देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावले हाल देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

Navadurga sun

त्यस्तै, आज राति देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...