सुदूरपश्चिमको बजेट विवाद सुल्झाउन संसदीय छानबिन समिति गठन हुने

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बजेट विवाद समाधान गर्न संसदीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले बजेट पारित गर्ने र बजेटमा देखिएका बेथिति छानबिनमार्फत हटाउने सहमति गरेको हो।

नेकपा सांसद अक्कल रावलका अनुसार प्रदेशसभाबाट अनुमोदन हुने गरी संसदीय छानबिन समिति गठन गरिनेछ। समितिले छानबिन गरेपछि कात्तिक १५ गतेभित्र पूरक बजेटमार्फत बजेटमा रहेका बेथिति हटाउने सहमति भएको उनले जानकारी दिए।

Navadurga sun

‘अहिले आइतबार सार्वजनिक भएको बजेट नै पारित गर्ने तर पुँजीगत खर्च नगर्ने सहमति भएको छ,’ रावलले भने।

आर्थिक वर्ष सुरु भएको ८५ दिनपछि सार्वजनिक भएको सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट सत्तारूढ दलभित्रै विवादमा परेको थियो। बजेट निर्माणमा बिचौलियाको प्रभाव, कमिसनको खेल तथा पहुँचका आधारमा योजना छनोट गरिएको भन्दै आलोचना हुँदै आएको थियो।

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। तर, बजेटमाथिको छलफल भने सुरु भएको छैन।

आज बिहान ९ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि सारिएको छ। नेकपाभित्र बजेट पारित गर्ने र बेथिति छानबिन गरी पूरक बजेटमार्फत सच्याउने सहमति भएसँगै बजेट आजै पारित हुने सम्भावना रहेको बताइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...