आजको मौसम : कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल देशभर आंशिक बदली रहेको छ भने बागमती प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागसहित देशका तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।

Navadurga sun

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ। त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

राति पनि वर्षा र हिमपातको सम्भावना

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भने आंशिक बदली रहनेछ।

देशका तराई भूभागमा आंशिक बदली रहने र बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाले मौसममा हुने परिवर्तनलाई ध्यान दिँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...