काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल देशका हिमाली भूभागमा आंशिक बदली तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।



महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, आज राति कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
