धौलीगंगा बाँध खोलिँदै, महाकाली नदीमा जलस्तर बढ्न सक्ने चेतावनी

असोज ११ गते राति १२ बजेदेखि असोज १२ गते बिहान १० बजेसम्म बाँधका ढोका खोलिने

डडेल्धुरा- भारतस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सूचना जारी गर्दै असोज ११ गते राति १२ बजेदेखि असोज १२ गते बिहान १० बजेसम्म बाँधका ढोका खोलिने जनाएको हो।

भारतको धारचुला, पिथौरागढस्थित एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेसनबाट प्राप्त पत्रअनुसार परियोजनाको बाँधमा सिल्ट सफाइ (Sediment/Slit Cleaning) गर्ने प्रयोजनका लागि ढोका खोल्न लागिएको हो। प्रशासनका अनुसार सफाइसम्बन्धी कार्य करिब ३४ घण्टासम्म चल्नेछ।

Navadurga sun

बाँधका ढोका खोलिएपछि तथा त्यसपश्चात् समेत महाकाली नदीको जलस्तर बढ्न सक्ने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जलस्तर बढ्न सक्ने भएकाले महाकाली नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर रोकायाद्वारा हस्ताक्षरित सूचनामार्फत नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

प्रशासनले नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदीमा माछा मार्ने, पौडी खेल्ने, दाउरा संकलन गर्ने तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न र बालबालिका तथा पशुचौपायालाई नदी किनारमा जान नदिनसमेत सावधानी अपनाउन आग्रह गरेको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै पक्षलाई समेत आवश्यक तयारी र सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...