कञ्चनपुरमा खैरो हिरोइनसहित एक युवक पक्राउ

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका–१०, सिसैयाबाट प्रहरीले खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँका २६ वर्षीय निराजन ठकुराठी रहेका छन्।

Navadurga sun

इलाका प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो शंकाका आधारमा चेकजाँच गर्दा ठकुराठीको साथबाट २८० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ फेला पारेको थियो।

उक्त पदार्थ बरामद भएपछि प्रहरीले ठकुराठीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...