

कञ्चनपुर- कञ्चनपुरको एक घरमा आगलागी भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–८ “क” गाँउ बस्ने २४ वर्षीय सुरज शाहको घरमा आगलागी भएको हो।




बिद्युतको लाइन सर्ट भई मंगलबार राति आगलागी हुँदा खाद्यान्न, भाँडावर्तन, स्कुटी, साइकल लगायतका सामान गरी अन्दाजी मुल्य ५ पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ।




