बझाङको बित्थडचिरका ४८ वर्षीय अवस्थी बेपत्ता, खोजीका लागि आग्रह

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाका एक पुरुष बेपत्ता भएका छन्।

बित्थडचिर गाउँपालिका–८, जालिड उस्कला निवासी ४८ वर्षीय प्रयागराज अवस्थी (पूर्ण) असोज २६ गते साँझ करिब ८ बजेदेखि बेपत्ता भएका हुन्।

Navadurga sun

उपलब्ध विवरणअनुसार अवस्थीको उचाइ करिब ५ फिट रहेको छ। उनी गहुँगोरो वर्णका, लाम्चो नाक भएका तथा हल्का दाह्रीजुँगा पालेका व्यक्ति हुन्।

बेपत्ता अवस्थीको खोजी कार्यमा सहयोग गरिदिन सम्बन्धित निकाय, स्थानीयवासी तथा सर्वसाधारणलाई आग्रह गरिएको छ।

उनी कतै देखिएमा वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गरिएको छ।

ADD Khali jpg
Loading...