बाजुराका चार वडामा अझै पुगेन सडक, नागरिकलाई सास्ती

बाजुरा- बाजुराका चारवटा वडामा अझै सडक सञ्जाल पुग्न सकेको छैन। हिमाली गाउँपालिकाका वडा नम्बर २ र ३, गौमुल गाउँपालिका–१ को अम्लिस र त्रिवेणी नगरपालिका–५ को किम्नीका बासिन्दा सडक सुविधाबाट वञ्चित छन्।

सडक नहुँदा स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न, बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन तथा कृषि उत्पादन बजारसम्म लैजान समस्या भइरहेको छ। कतिपय ठाउँमा पालिकाको केन्द्र पुग्न दुईदेखि तीन दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता छ।

Navadurga sun

हिमाली गाउँपालिकाले दुई वडामा सडक पुर्‍याउन तीन करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ। गौमुल गाउँपालिका–१ मा ठेक्का सम्झौता भए पनि निर्माण सुरु हुन सकेको छैन भने त्रिवेणी–५ मा बजेट अभावले सडक निर्माण प्रभावित भएको छ।

यसैबीच, निर्माण कम्पनीले काम नगर्दा मार्तडी–कोल्टी सडकका लागि विनियोजित २० करोड रुपैयाँ र खप्तड–गैरीखाद–आटीचौर हुँदै मार्तडी जोड्ने सडकको १३ करोड ५० लाख रुपैयाँ बजेट आर्थिक वर्ष २०८२/८३ मा खर्च हुन नसकी फिर्ता गएको थियो।

ADD Khali jpg
Loading...