आजको मौसम: तराईमा हुस्सु, पहाडमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं- देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभरको मौसम मुख्यतया सफा रहे पनि तराईका केही स्थानमा बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Navadurga sun

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

ADD Khali jpg
Loading...