कैलाली- भजनी नगरपालिका–८ गोठचौरका ६६ वर्षीय रामप्रसाद चौधरीको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ।
बुधबार दिउँसो घर नजिकै रहेको गौरी तालमा माछा मार्ने क्रममा चौधरी डुबेका थिए। डुबेर गम्भीर अवस्थामा पुगेका उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि प्रहरीले आवश्यक प्रक्रिया अघि बढाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
