भदौ १७ मा ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’, हास्यव्यंग्यमार्फत सामाजिक चेतना फैलाइने

धनगढी- सुदूरपश्चिमको मौलिक संस्कृति संरक्षण, हास्यव्यंग्यमार्फत सामाजिक चेतना अभिवृद्धि तथा स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ बैजनाथ सञ्चार प्रालिले ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ आयोजना गर्ने भएको छ। कार्यक्रमबारे मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

आयोजकका अनुसार कार्यक्रम भदौ १७ गते धनगढीस्थित एसटीएस सिनेमा हलमा हुनेछ। कार्यक्रममा सुदूरपश्चिमका चर्चित हास्य कलाकारहरूसँगै मनोज गजुरेलको विशेष प्रस्तुति रहनेछ।

Navadurga sun

कार्यक्रममा हास्यव्यंग्य नाटक, प्रहसन, गीत–संगीत, सांस्कृतिक प्रस्तुति तथा समसामयिक विषयमा आधारित व्यंग्य प्रस्तुतिहरू समावेश गरिनेछन्। कार्यक्रम संयोजक सरस्वती कुमारी खड्का भट्टका अनुसार भ्रष्टाचार, सामाजिक असमानता, महिला हिंसा, बालअधिकार, युवा पलायनलगायतका सामाजिक विकृति–विसंगतिलाई हास्यव्यंग्यमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरिनेछ।

बैजनाथ सञ्चार प्रालिले सुदूरपश्चिमको मौलिक कला, भाषा, संस्कृति तथा स्थानीय कलाकारलाई राष्ट्रिय स्तरमा परिचित गराउने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। पहिलो संस्करणले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएकाले दोस्रो संस्करण अझ आकर्षक र प्रभावकारी हुने आयोजकको विश्वास छ।

कार्यक्रमको प्रवेश शुल्क रु. १,००० निर्धारण गरिएको छ भने विद्यार्थीहरूका लागि टिकटमा १० प्रतिशत छुटको व्यवस्था गरिएको आर्थिक संयोजक शुभेष पाठकले जानकारी दिएका छन्। आयोजकका अनुसार कार्यक्रममार्फत सुदूरपश्चिमका कलाकारलाई सम्मान र प्रोत्साहन गर्दै प्रदेशको सांस्कृतिक पहिचानलाई थप उचाइमा पुर्‍याउने लक्ष्य राखिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...